प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-04-29
 प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्त तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीले गत आपर्थक वर्षका लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २ गते आयोजना हुने कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।   


Share this with your friends: