प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

2021-05-09
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते आइतबारका दिन बारा जिल्लाको सिमरामा रहेको होटल इच्छामा आयोजना हुने तय गरिएको कम्पनीको १९ औँ वार्षिक साधारण सभा स्थगित गरेको हो। 

काठमाण्डौ उपत्यका लगायत अन्य स्थानमा निषेधाज्ञा जारी भएका कारण उक्त दिन बोलाइएको वार्षिक साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: