अब हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट

2022-02-27
अब हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुट

काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ। सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरुण फुँयालले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ। जसअनुसार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट ९रु। ३५० र रु। ५०० सम्मको० पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ। 

सम्झौता कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनररहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताका साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए। 

हरेक आइतवार वालेट डेको सुरुआत गरिएको उपलक्ष्यमा दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे। 


Share this with your friends: