आईपीओ निष्कासनको मुख्य अजेन्डासहित शुभम पावरले डाक्यो वार्षिक साधारण सभा

2021-12-19
आईपीओ निष्कासनको मुख्य अजेन्डासहित शुभम पावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । शुभम पावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काठमाण्डौको कमलादीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: