आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सीको वार्षिक साधारण सभा आज

2022-04-10
आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुदैँछ । 

आरम्भ चौतारी लघुवित्तको छैठौँ वार्षिक साधारण सभा बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा र तारागाउँ रिजेन्सी होटलको २५ औँ वार्षिक साधारण सभा तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा आयोजना हुँदैछ । 

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभामा सञ्चालक समितिद्वारा प्रस्तावित २१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै भविष्यमा अन्य कुनै लघुवित्तसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राीप्त÷समाहित गर्ने सम्बन्धमा सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ।व २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

यस्तै तारागाउँ रिजेन्सी होटलको वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको २५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    


Share this with your friends: