इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

2020-12-14
इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनीको कार्यालयमा आउँदो पुस २४ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा संस्थापक सेयरधनीका लागि चुक्तापुँजीको १ः०.११२ अनुपातमा अर्थात ११.२० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। हकप्रद जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्तापुँजी ५५.५६ करोड पुर्याउने र नयाँ कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आईपीओ निष्कासनको प्रबन्ध मिलाउन निष्कासन तथा बिक्री प्रबन्धक र धितोपत्र ग्रेडिङ तथा प्रत्याभूतिकर्ता नियुक्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 
यस्तै आ.व २०७६/७७ को सञ्चालक समितिको समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण माथि छलफल गरी पारित गरिनेछ। 

 


Share this with your friends: