उन्नति सहकार्य लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-20
उन्नति सहकार्य लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २८ गते बुधबारका दिन रुपेन्देहीमा रहेको होटल मौर्यामा बिहान ११ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै बोनस सेयरपश्चात सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँबराबरको एफपीओ जारी गर्ने विेशष प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: