एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

2022-03-18
एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ। 

कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुका बारेमा समेत छलफल गरेका छन्। 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि प्रदेशस्तरमा सुदूरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

कार्यक्रममा लगानीकर्ताको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिनेसमेत क्यापिटलले जनाएको छ।


Share this with your friends: