एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट

2020-12-20
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी) र नेशनल लाइर्फ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो। 

बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता सेयर र नेशनल लाइफको १ लाख १४ हजार ३०६ कित्ता सेयर गरी कुल ३ लाख १६ हजार ८६६ कित्ता सेयर लिलामीमा राखेको हो। 

सीटीआईटीको न्यूनतम मूल्य प्रतिकित्ता २ हजार ७४० रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ५२० रुपैयाँ तोकिएको छ र लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई सेयर बिक्री गरिनेछ। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेड वा काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय अनि शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा महेन्द्रपुल, बुटवल, धनगढी र सुर्खेतमा पुस १० गते बैंकिङ समयसम्म पेश गर्नु पर्नेछ। 


Share this with your friends: