एनआईसी एशिया बैंकद्वारा तीन बीमासहित चार कम्पनीको सेयर लिलामीमा

2021-01-03
एनआईसी एशिया बैंकद्वारा तीन बीमासहित चार कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(पुस १९ गते)देखि आफ्नो स्वामित्वमा रहेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को ६ लाख बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। 

बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफको १ लाख ९० हजार ३७४ कित्ता संस्थापक सेयर, एशियन लाइफको १ लाख ३० हजार २९० कित्ता, नेशनल लाइफको १ लाख ३ हजार ९७६ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता गरी कुल ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 

संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूर्या लाइफको हकमा प्रतिकित्ता ३३७ रुपैयाँ, एशियन लाइफको हकमा प्रतिकित्ता ४६९ रुपैयाँ नेशनल लाइफको हकमा प्रतिकित्ता ५५० रुपैयाँ र सीआईटीको हकमा प्रतिकित्ता १७१५ रुपैयाँमा नघट्ने गरी प्रतिकित्ता के केति दर भाउमा लिन कबुल गर्ने हो उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। 

सीआईटीको हकमा सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन। तर सूर्या लाइफ, एशियन लाइफ र नेशनल लाइफको संस्थापक सेयर खरिदका लागि भने प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरु सहभागी हुन सक्नेछन्। 

बोलपत्र आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयरको कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्युनतम मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेमा सो आवेदन स्वत रद्द हुनेछ। लगानीकर्ताले बोलपत्र पेश गर्दा दुवै कम्पनीको हकमा न्युनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका साथै कुनै एक व्यक्ति वा संस्थाले एक भन्दा बढी आवेदन दिँदा छुट्टाछुट्टै दर रेटमा बोलकबोल आवेदन गर्दा छुट्टाछुट्टै शिलबन्दी खाममा पेश गर्नुका साथै आफुले लिन चाहेको सम्बन्धित कम्पनीको नाम तथा संस्थापक सेयर खरिद आवेदन उल्लेख गरेको हुनु पर्नेछ। 

सेयरको बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल रहेको छ। 

लगानीकर्ताले काठमाण्डौ बरबरमहल स्थित एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको थापाथली स्थित कर्पाेरेट कार्यालय, शाखा कार्यालयहरु विराटनगर ३ मोरङ, आर्दशनगर वीरगन्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवन पथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतमा आउँदो पुस २४ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। 

 


Share this with your friends: