एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

2021-04-18
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख बढी संस्थापक सेयर आज(वैशाख ५ गते)देखि लिलामीमा राखेको छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४७ हजार ७०६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल ९७ हजार ७०६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 
सेयर खरिदका लागि सीआईटीको हकमा न्यूनतम मूल्य प्रतिकित्ता रु.१४५५ र नेशनल लाइफको हकमा रु.४६३ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै बोलपत्र आवेदन पेश गर्दा दुबै कम्पनीको हकमा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहल र एनआईसी एशिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय, विराटनगर ३ मोरङ, आदर्शनगर वीरगंज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेतमा बोलपत्र आवेदन पेश गर्ने पर्नेछ। लगानीकर्ताले वैशाख १० गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: