एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, यस्ता छन् सेवासुविधा

2022-02-02
एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, यस्ता छन् सेवासुविधा

काठमाण्डौ । एनसेलका ग्राहकहरुले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरु लिन सक्छन्। 

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो। आफ्ना अनलाइन गतिविधिहरुका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरुलाई यी प्याकहरु उत्तम विकल्प हुन्।

यस योजनामा ग्राहकले करसहित रु। १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घन्टाको डेटा प्याक रु। ३० मा लिन सक्छन्। यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउँछन्।

ग्राहकले सजिलैसँग एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरु लिन सक्छन्। यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यु गोको दर अनुसार डेटा शुल्क लाग्दछ।

ननस्टप टाइम प्याकहरुले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ।

करसहित रु। २२ पाइने १ घन्टाको डेटा प्याक ग्राहकहरुले पहिलादेखि नै मन पराउँदै आएका छन्।

यी टाइम प्याकहरुको समयवधि ग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिन्छ। उदाहरणका लागि यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ। आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकताअनुसार ग्राहकहरुले यी प्याकहरु जति पटक लिन सक्छन्।


Share this with your friends: