एशियन लाइफको मुनाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

2021-11-16
एशियन लाइफको मुनाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५७ करोड ९९ लाख २२ हजार ००६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.५० प्रतिशतले धेरै हो। गत आ.वको पहिलो  त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५० करोड ८८ लाख ४० हजार ५८७ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो रकम ४४ करोड ८२ लाख ७१ हजार ४२८ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३५ करोड ८८ लाख ४६ हजार ४०० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २२ करोड ५८ लाख ६१ हजार ९२१ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनी ९ करोड ६२ लाख ९४ हजार ८०१ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २.३९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ४० लाख ४८ हजार ०६७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ११ करोड ५१ लाख २४ हजार ६९१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च १० करोड ७६ लाख ६३ हजार ६१६ रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर २७ अर्ब ९५ करोड २९ लाख ७० हजार ३९३ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१.२१ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २३ अर्ब ६ करोड ४ लाख ९२ हजार ४४३ रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ६३ करोड १७ लाख ८ हजार ५५९ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ९८ करोड ५९ लाख ३१ हजार २०० रुपैयाँ भएको छ। 
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९.१६ रुपैयाँ, पीई अनुपात ६१.३४ गुणा, प्रतिसेयर नेटवर्थ १५४.०३ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८८२.९५ रुपैयाँ रहेको छ ।


Share this with your friends: