एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-14
एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गतेका लागि दोस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा सानेपामा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै सर्वसाधारणका लागि सेयर निष्कासन(आईपीओ) गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

 


Share this with your friends: