कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोको वार्षिक साधारण सभा आज

2021-07-09
कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रोको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आज कर्पोरेट डेभलपमेन्ट बैंक र यूनियन हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

कर्पोरेट डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा विरगंजमा रहेको बैंकको कन्द्रिय कार्यालयमा आयोजना हुँदैछ । बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकको बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको थियो । 

उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्रािप्तमा सम्बन्धमा बैंकको चल अचल सम्पत्ति, दायित्व तथा कारोबारहरुको मूल्यांकन गर्नका मूल्यांकनकर्ताको नियुक्ती, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण र गाभ्नेरगाभिने वा प्रािप्तमा सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र यससम्बन्धी थप सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा नेपाल राष्ट्र बैंकको कार्य क्षेत्र विस्तार सम्बन्धी व्यवस्था अनुसार बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरिनेछ। 

यस्तै आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरीा पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ।व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरीा पारित गरिनुका साथै आ।व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेडको १३ औँ र १४ औँ वार्षिक साधारण सभा ललितपुर धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यम जुममार्फत सभा आयोजना हुँदैछ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले एकैपटक दुई आ.वको वार्षिक साधारण सभा डाकेको थियो । 

सभामा कम्पनीको नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने र कम्पनीद्वारा प्रवर्धित ३ मेगावाट क्षमताको करापु जलविद्युत आयोजनाका लिइएको ऋणको व्यवस्थापन र अन्य आयोजनाको विकास र अध्ययनका लागि हकप्रद सेयर जारी गरी पूँजी उठाउने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीले अनुमतिपत्र प्राप्त गरेका आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तान्तरण गर्न, स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्न र बैंक वित्तीय संस्थासँग समन्वयन गरी फाइनान्सियल गर्ने समेतको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ। यस्तै दुवै आ।वको लेखापरीक्षणका लागि गरिएको लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारणलाई स्वीकृति प्रदान गरिनेछ।  

सभामा कम्पनीका संस्थापक सेयरधनीहरुमध्येबाट तीनजना र सर्वसाधारण समूहबाट एक जना महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: