कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री चयन

2022-05-25
कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री चयन

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री चयन भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । 

उनलाई सोहि दिनदेखि लागू हुने गरी संस्थाको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सोहि दिन नै बसेको सञ्चालक समितिको बैठकले यसअघिका अध्यक्ष कृष्ण बहादुर खाणले दिएको राजीनामा स्वीकृत गरेको छ । 


Share this with your friends: