खाद्य उद्योग लिमिटेडद्वारा साधारण सभा आह्वान

2020-12-11
खाद्य उद्योग लिमिटेडद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । खाद्य उद्योग लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आउँदो पुस १६ गतेका लागि ४७ औँ साधारण सभा डाकेको हो। 
साधारण सभा काठमाण्डौको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भवनमा दिनको ३ बजे आयोजना हुनेछ। 

उक्त सभामा आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको प्रतिवेदन पेश गर्ने र सो माथि छलफल गरी पारित गरिनेछ। यस्तै आर्थिक वर्ष २०७५/७६ को हिसाब जाचीँ लेखा परिक्षकले दिएको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७६/७७ को हिसाब, लेखा परिक्षण गर्न र लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ। 

साधारण सभामा प्रोक्सीद्वारा प्रतिनिधित्व गर्न ४८ घण्टा अघि रित पूर्वक प्रोक्सी उद्योगको कालिमाटी कार्यालय वा उद्योगको हेटौडा कार्यालयमा दर्ता गराउनु पर्ने र यस्तो प्रतिनिधि उद्योगको सेयरधनी हुन आवश्यक पर्ने कम्पनीले जनाएको छ।  

 


Share this with your friends: