खानीखोला हाइड्रोको घाटा ९.९० करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

2021-06-06
खानीखोला हाइड्रोको घाटा ९.९० करोड, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर लिमिटेडको घाटामा रहेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ९० लाख ५७ हजार १६३.९४ रुपेयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यो रकम १० करोड ११ लाख २६ हजार ४७६.९७ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। कम्पनीको रिर्जभ पनि ऋणात्मक रहेको छ । यो अवधिसम्ममा कम्पनीको दिर्घकालिन कर्जा ८६ करोड ४५ लाख ८६ हजार ८४९ रुपैयाँ रहेको छ। अघिल्लो आर्थिकको तेस्रो त्रैमाससम्ममा कम्पनीको दिर्घकालिन कर्जा ८७ करोड ६३ लाख ६६ हजार ००४ रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) -२१.२७ रुपैयाँ रहेको छ । 


Share this with your friends: