गणपति लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

2022-01-02
गणपति लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज संस्थाको पाचौँ वार्षिक साधारण सभा तनहुँमा  रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र १२ लाख ७३ हजार ५६७ रुपैयाँबराबरको नगद लाभांस(कर प्योजनका लागि)वितरण गर्ने विशेष प्रस्ताव पारित गरिएको छ ।ं

सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरु गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।  

यसैगरी संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिध्तिव गर्ने १ जना सञ्चालकको मनोनयन समर्थन गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन समर्थन गर्ने प्रस्ताव पारित गरिएको छ । 


Share this with your friends: