गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

2022-02-02
गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

काठमाण्डौ । गणपति वनस्पति प्राइभेट लिमिटेडले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्य गरिएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेश राज जोशीलगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरुलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार्यक्रमकोबीच हस्तानन्तरण गरिएको छ।

कार्यक्रममा कम्पनीका सञ्चालक अनन्ता मोर, राजीव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो। कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपलब्ध गरेकोमा महाशाखा प्रमुख उमेशराज जोशीले कम्पनीलाई धन्यवाद दिए। यसरी संघसंस्थाको साथ र सहयोगमा ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने पनि उनले बताए। 


Share this with your friends: