गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

2021-12-22
गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ रविभवनमा रहेको होटल क्राउन इम्पिेरियलमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांस गरी कुल १३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: