गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारण सभा स्थगन

2021-04-28
गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा स्थगन भएको छ। कम्पनीको आज(वैशाख १५ गते) आइतबार बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो। 

काठमाण्डौ जिल्ला प्रशासनले कोरोना संक्रमणको नयाँ भेरियन्ट वृद्धि भएका कारण वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकाले स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगन गरिएको संस्थाले जनाएको छ। यस्तै कम्पनीले वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र मतदान गर्नसक्ने अधिकारलाई यथावत राखि सभा स्थगन गरिएको प्रष्ट पारेको छ। 

कम्पनीको २६ औँ वार्षिक साधारण सभा आगामी वैशाख २१ गते आयोजना हुन गईरहेको थियो। 

 


Share this with your friends: