ग्रामीण विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2022-02-18
ग्रामीण विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी फागुन २८ गते शनिबारका दिन बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा अन्य कुनै लघुवित्त एक आपसमा गाभ्ने/गाभिने तथा प्राीप्त प्रयोजनका लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी फागुन १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: