जानकी फाइनान्सद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

2022-02-20
जानकी फाइनान्सद्वारा स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । जानकी फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी फागुन २२ गते आयोजना हुने भएको छ । फागुुन ७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो । 

सभा फागुन २२ गते आइतबारका दिन जनकपुरमा रहेको गायत्रि कुञ्ज अतिथि सदनमा  बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस सेयर र ०्७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै संस्थापकतर्फ ३ जना तथा सर्वसाधारणतर्फ २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले गत माघ २४ गतेदेखि ६ गतेसम्म बुक क्लोज गरिसकेको छ । 


Share this with your friends: