काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक चयन भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट रिक्त रहेको सञ्चालक पदमा ६ जना निर्वारोध चयन भएका हुन् ।
निर्विरोध चयन हुनेमा संस्थापक सेयरधनी(समूह क)बाट ४ जना र सर्वसाधारण सेयरधनी(समूह ख)बाट २ जना सञ्चालक रहेका छन् ।
संस्थापक सेयरधनीका तर्फबाट नन्द किशोर शर्मा,आकाश गोल्छा,शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन भएका छन् । यस्ते सर्वसाधारण सेयरधनीका तर्फबाट चयन हुनेमा कौशल नलखा र प्रिया तायल रहेका छन् ।