तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-17
तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को मुनाफाबाट लाभांसको रुपमा आफ्ना सेयरधनीलाई चुक्तापूँजीको कुल ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने १० करोड ८७ लाख ८७ हजार ६३२.०५ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। 

यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १४ औँ साधारण सभाबाट पारित गरी बैंकका सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: