थ्रिस्टार हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2020-12-15
थ्रिस्टार हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले आउँदो पुस २२ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  

उक्त सभामा सञ्चालक समितिको तर्फबाट पेश हुने आ.व २०७६/७७ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिेनछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिेनछ। 

 


Share this with your friends: