नबिल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-22
नबिल बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नबिल बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्तापूँजीको ३३.५ प्रतिशत बोनस सेयर(१०० कित्ता बराबर ३३.५ कित्ता) र १.७६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ३५.२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीलाई वितरण गरिनेछ।   

 


Share this with your friends: