नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

2021-06-04
नबिल बैंक र युनाइटेड फाइनान्सद्वारा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्सले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न एकैपटक विशेष साधारण सभा बोलाएका छन् । 

दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले आगामी असार ५ गते बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सो सभा सञ्चालन गर्न निर्णय गरेका छन् ।

सभाले नबिल बैंकले युनाइटेड फाइनान्सलाई १ बराबर ०.३५ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी युनाइटेड फाइनान्सको विषेश सभाले पनि १ः०३५ स्वाप रेसियोमा बैंकमा प्राप्त हुनेगरी प्राप्तिमा लैजाने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभाको अन्य प्रस्तावमा प्राप्ति सम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन गर्ने रहेको छ । त्यसैगरी, प्राप्तिपश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि नबिल बैंक र युनाइटेड फइनान्सले जेठ २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन् । 


Share this with your friends: