नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

2021-04-30
नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । आज(वैशाख १७ गते) नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो । 

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समितिमा पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीक ालागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रक्रिया अगाडि बढाइनेछ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार गरिनेछ । 

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ ।  यस्तै एटीएम संख्या भने १९०पुग्नेछ । मर्जरपश्चात निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तियविवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ । नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्षनै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । 


Share this with your friends: