नागरिक स्टक डिलरद्वारा प्रथम वार्षिक साधारण सभा आह्वान

2020-12-23
नागरिक स्टक डिलरद्वारा प्रथम वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २८ गते काठमाण्ठौ दरबारमार्ग स्थित होटल यल्लो प्यागोडामा दिउँसो ४.१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। 

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै प्रथम वार्षिक साधारण सभाका लागि सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

सभामा लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, लगायत वार्षिक आर्थिक विवरण सँग सम्बन्धित अन्य अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गर्न महालेखापरिक्षकको कार्यालयमा पेश गर्ने प्रस्ताव पारित गरिनेछ। 

 


Share this with your friends: