नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

2021-07-02
नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज(असार १८ गते) कोषको केन्द्रिय कार्यालय बानेश्वरमा दिनको २ बजे आयोजना हुन गईरहेको छ। सीआईटीको गते जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो । 

सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कोषले आगामी असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै कोषद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। 


Share this with your friends: