निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

2021-06-18
निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन्। संस्थाको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

भट्टराईलाई सञ्चालक समितिमा एभरेष्ट बैंकका तर्फबाट मनोनयन गरी पठाइएको संस्थाले जनाएको छ। उनलाई आज(असार ४ गते)देखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको र पद तथा गोपनियताको सपथ ग्रहण गराइएको संस्थाले जनाएको छ।

 


Share this with your friends: