निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

2022-01-31
निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई आईसीयू बेड र नेपाल प्रहरी अस्पतालमा सर्जिकल मास्क हस्तान्तरण

काठमाण्डौ। निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ। 

प्रतिष्ठानका तर्फबाट आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा ९माओवादी केन्द्र०का नेता लीलामणि पोखरेलले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन्। सोही क्रममा आजै मन्त्री श्रेष्ठ र नेता पोखरेलले नेपाल प्रहरी अस्पताल पानीपोेखरीमा पनि ३० हजार सर्जिकल मास्क हस्तान्तरण गरेका छन्। 

डा। विप्लवमणि पोखरेलको पहलकदमीमा निर्मल लामा स्मृति प्रतिष्ठन नेपालको संयोजनमा वीर अस्पतालमा ३० वटा आईसीयू बेड र नेपाल प्रहरी अस्पताल पानीपोखरीमा ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो। 

डा। पोखरेलको पहल कदमीमा चिनियाँ संघसंस्था र सहयोगी हातहरुका तर्फबाट प्राप्त १५० वटा आईसीयू बेड सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालहरुमा वितरण गरिने मन्त्री श्रेष्ठले जानकारी दिइन्। 

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेता पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए। 

त्यस्तै वीर अस्पतालका प्रमुख डा। भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न  र अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको बताए। 

नेपाल प्रहरी अस्पतालको प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तीय सेवा पु¥याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताए। 

डा। पोखरेलको पहलकदमीमा प्रतिष्ठानका तर्फबाट पाटन अस्पता, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल चितवन, योगी नरहरी नाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलिखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुंगा, पर्वत जिल्ला अस्पताल पर्वत, बाग्लुङ जिल्ला अस्पताल लगायतमा आईसीयू बेड, सर्जिकल मास्क र बडी ब्याग वितरण गरिसकेको छ। 


Share this with your friends: