नेको इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-01-17
नेको इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।  

यो लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ । 


Share this with your friends: