नेपाल एसबिआई मर्चेन्ट बैंकिङको एजीएम सम्पन्न

2021-12-21
नेपाल एसबिआई मर्चेन्ट बैंकिङको एजीएम सम्पन्न

काठमाण्डौ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। 

काठमाण्डौको केशरमहलस्थित नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ। 

सभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एसोसियट्स, चाटर्ड अकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिकसमेत अनुमोदन गरेको छ।


Share this with your friends: