नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

2022-02-02
नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको नेपाल लाइफको ५० हजार कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा आम सर्वसाधारणका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलकबोल आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीहरुले आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वक बोलपत्र आह्वान पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । 
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ ।  


Share this with your friends: