नेपाल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2022-03-22
नेपाल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

उक्त बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६४ रुपैयाँको ११ प्रतिशतले हुन आउने १३ करोड ६६ लाख ५७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र ०.५७८९ प्रतिशतका दरले हुन आउँने ७१ लाख ९२ हजार ४८६ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   


Share this with your friends: