नेपाल बंगलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

2022-03-29
नेपाल बंगलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणके लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु। १ लाख ग्राहक स्व। महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ। 

स्व। खातुनले नेपाल बंगलादेश बैंकको ब्रह्मपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन्। उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।  

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारका लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ। यसका साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ।


Share this with your friends: