नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न,५ सञ्चालक निर्वाचित

2022-04-17
नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न,५ सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा(चैत ३ गते)शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे आयोजना भएको हो । 

उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने तथा एक्विजिशन गर्ने प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिएको छ । 

सभामा संस्थापक सेयरधनीकातर्फबाट हिरेन्द्रमान प्रधान,  दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट लक्ष्मी महर्जन निर्वाचित भएका छन् । 


Share this with your friends: