नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2020-12-30
नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३४ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आउँदो माघ ८ गते काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजे भर्चुअल मिटिङ मार्फत सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद लाभांस गरी कुल १८.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। बोनस सेयर जारी गर्दा बैंकको जारी तथा चुक्तापूँजी समेत वृद्धि हुने हुँदा सो को लागि प्रबन्धपत्रमा संसोधन गरी जारी तथा चुक्तापूँजी समेत वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी बैंकको अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा  एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान तथा छनोट गर्न र यो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसा तथा नगद प्रवाह विवरण लगायतका आर्थिक विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै सर्वसाधारण सेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ। 

बैंकले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस २२ गतेदेखि माघ ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।   

 


Share this with your friends: