नेपाल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

2021-01-22
नेपाल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

उक्त बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीद्वारा प्रस्तावित कुल १० प्रतिशत लाभांसमा चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४८५.६९ रुपैयाँको ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ०७९ रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतका दरले हुन आउँने २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।   

 


Share this with your friends: