नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

2021-03-10
नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन्। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खेतानलाई सञ्चालकमा नियुक्त गरिएको हो। 

उनलाई आगामी विशेष वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि रिक्त रहेको संस्थापक समूहतर्फको सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। उनी संस्थापक सेयरधनी बिशाल मिनरल्स एण्ड माइन्स प्रा.लिका प्रतिनिधि हुन्। 

 


Share this with your friends: