नेशनल लाइफको २५ हजार कित्ता सेयर लिलामीमा

2021-06-29
नेशनल लाइफको २५ हजार कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार ९२६ कित्ता संस्थापक सेयर आज(असार १५ गते)देखि लिलामीमा राखेको छ। 

सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता रु.४१० रुपैयाँ निर्धारण गरिएको छ। बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पुर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आगामी असार २१ गते बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: