प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2022-01-14
प्रभु इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आ.व २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ११.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांसमा आ.व २०७७/७८ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १६ करोड १९ लाख २ हजार ३२८ रुपैयाँको ११ प्रतिशतले हुन आउने १२ करोड ७८ लाख ९ हजार २५६.०८ रुपैयाँ बराबरको बोनस सेयर र ०.५८ प्रतिशतले हुन आउने ६७ लाख २६ हजार ८०३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन् । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ । 


Share this with your friends: