बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

2021-06-23
बीमा समितिद्वारा सगरमाथा इन्स्योरेन्सको लाभांस वितरणको प्रस्ताव स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । 

कम्पनीद्वारा प्रस्तावित कुल ११.५७८९ प्रतिशत लाभांस बीमा समितिले स्वीकृत गरेको हो । कम्पनीको गत जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आपर्थक वर्ष २०७६/७७ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत जगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

बीमा समितिबाट स्वीकृत भएसँगै कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांस वितरणको प्रस्तावलाई अनुमोदन गर्नका लागि अगामी असार ३० गते आयोजना हुन गईरहेको वार्षिक साधारण सभामा सिफारिस गर्ने निर्णय गरेको छ ।  


Share this with your friends: