बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीलाई जरीवाना गर्ने निर्णय

2022-01-31
बीमा समितिद्वारा ११ वटा बीमा कम्पनीलाई जरीवाना गर्ने निर्णय

काठमाडौं । बीमा समितिले ११ वटा बीमा कम्पनीहरुलाई १० हजार रुपैयाँ जरीवाना गरेको छ । समितिले बीमा व्यवसायको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीहरुलाई जनही रु.१० हजार जरीवाना गर्ने निर्णय गरेको हो । 

बीमा समितिले बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा १ बमोजिम ११ वटा बीमा कम्पनीहरूलाई जरिवाना गरिएको जनाएको छ । 

बीमा समितिको कारवाहीमा परेका कम्पनीहरुमा दि ओरियन्टल इन्स्योरेन्स , नेशनल इन्स्योरेन्स , राष्ट्रिय बीमा कम्पनी , राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स , गुराँस लाइफ इन्स्योरेन्स , आईएमई लाइफ इन्स्योरेन्स , युनियन लाइफ इन्स्योरेन्स , सन नेपाल लाइफ इन्स्योरेन्स , रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् ।


Share this with your friends: