बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामा बीमा समिति

2022-03-20
बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजनामा बीमा समिति

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना ल्याउर्ने तयारी गरेको छ । यसका लागि समितिले कार्यदल गठन गरेको छ । सन्तोष रिजालको संयोजकत्वमा गठन भएको कार्यदलले जीवन तथा निर्जीवन दुवै बीमा कम्पनीहरुको पूँजी वृद्धि योजनका बारेमा बिस्तृत अध्ययन गर्नेछ । 
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा समितिले पूँजी वृद्धिको योजनाका बारेमा निर्णय गर्नेछ । 

कार्यदल गठनका लागि बसेको बीमा समितिको सञ्चालक समितिको बैठकमा जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई  अर्ब पुरयाउने प्रस्ताव गरिएको छ । 

समितिले नेपालमा बीमा व्यवसायको विस्तारसंगै ठूला जोखिम तथा सम्पत्तिहरुको बीमा गर्दा बहन क्षमताको विस्तार गर्न पूँजी वृद्धिको योजना ल्याउने तयारी गरेको हो । कम्पनीहरुलाई पूँजी वृद्धिका लागि हकप्रद वा मर्जरको अप्सन दिइने जनाइएको छ । 

हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ । 


Share this with your friends: