बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि,२०७९ चैत मसान्तसम्म कायम गरिसक्नुपर्ने

2022-03-25
बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि,२०७९ चैत मसान्तसम्म कायम गरिसक्नुपर्ने

काठमाण्डौ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको  चैत १० गते बसको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी रु.२.५ अर्ब पुर्याएको छ । 

बीमा कम्पनीहरुको चुक्तापुाजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एक अर्कामा गाभ्ने÷गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन,ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पुहँच विस्तार गर्न ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ प्रतिष्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधाररित पूँजीसँग सामञ्जस्यता हुनेगरी चुक्तापूँजी कायम गरी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ  । 

बीमा कम्पनीहरुको वृद्धि गरिएको चुक्तापूँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्नेछ । र निर्धारित पूँजी तोकिएको समयभित्रमा पुर्याउन नसक्ने कम्पनीहरुले’बीमक गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६’बमोजिम हुनेगरी पूँजी कायम गुर्नपर्नेछ । 

यसैगरी विदेशी बीमक भई सञ्चालनमा रहेका बीमकले  बीमक दर्ता तथा बीमक व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजीबराबरको निर्धारति पूँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालति कम्पनीले तोकिएको समयावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्तापूँजी कायम गर्ने व्यवस्था गरिएको छ । 

यस्तै बीमा कम्पनहिरुले ३० दिनभित्र आफ्नो पूँजी योजना बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।   


Share this with your friends: