बोटलर्स नेपाल(तराई)ले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-12-19
बोटलर्स नेपाल(तराई)ले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ३५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस २८ गते काण्माण्डौ लाजिम्पाटमा रहेको होटल र्याडिसनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस २१ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: